सरकारले घटायो बजेटको आकार !

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले चालु आर्थिक वर्ष २०७८/७९को बजेटको आकार घटाएको छ । सरकारले चालू आवका लागि विनियोजित १६ खर्ब ३२ अर्ब ८३ करोड बजेटलाई घटाई १५ खर्ब ४६ अर्बमा झारेको हो। अर्थमन्त्री जर्नादन शर्माले चालू आवका लागि सरकारले सुरुको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरेरेर बजेट संशोधन गरेका हुन् ।

अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोडढ खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य थियो ।अब वित्तीय व्यवस्थातर्फको बजेट संशोधन गरेर १ खर्ब ७० अर्ब ४९ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य छ ।

 

 

 

  • २७ माघ २०७८, बिहीबार १६:१२ प्रकाशित