संसदीय विशेष समिति गठनका लागि भएको छलफल निष्कर्षविहीन

केन्द्रभाग मिडिया

काठमाडौं ।

रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समितिको टीओआर बनाउन दलहरूबिच भएको छलफल निष्कर्षविहीन भएको छ ।

बिहीबार सत्तारुढ दल रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अग्रसरतामा बसेको दलका नेताहरूको छलफलमा विविध विषयमा छलफल भए पनि सहमति हुन नसकेको हो ।

‘ संसदीय विशेष समिति कस्तो निर्माण गर्ने, कति समयका लागि हुने र केके काम गर्ने भन्नेमा छलफल भयो तर आज सहमति भएन’, छलफलमा सहभागी एमाले सांसद पद्मा अर्यालले भनिन्, ‘अर्को बैठकमा सहमति जुटाउनेबारे कुराकानी भएको छ ।’

कांग्रेस सांसद निष्कल राईले संसदीय विशेष समिति सानो आकारको बनाउन आफूहरूले प्रस्ताव गरे पनि सत्तारुढ दल रास्वपाको संसद्को उपस्थितिका आधारमा बनाउनुपर्ने बताएको जानकारी दिए । उनले रास्वपाका तर्फबाट सङ्ख्यात्मक आधारमा समितिको प्रतिनिधित्व हुनुपर्छ भनेकाले निष्कर्षमा पुग्न नसकिएको बताए ।

  • १ आश्विन २०८३, बिहीबार १३:५१ प्रकाशित