यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहीबार) बिहान मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतया सफा छ । गण्डकी, बागमती र कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका केही स्थानमा, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

  • १ आश्विन २०८३, बिहीबार ०७:०७ प्रकाशित