काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज (बुधबार) मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज दिउँसोका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ । सचिवालयले मन्त्रिपरिषद बैठकका एजेण्डा बारे भने खुलाएको छैन ।












