काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज (बुधबार) सर्वदलीय बैठक बस्दैछ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने खरेलले बताए ।
विपद्का बेला राजनीतिक दलहरूबीच समन्वय तथा प्रभावकारी व्यवस्थापनका लागि आवश्यक संयन्त्र गठन गर्ने विषयमा शीर्ष नेतृत्वबीच छलफल गर्न बैठक बोलाइएको रास्वपाले जनाएको छ ।














