मुगु केन्द्रविन्दु भएर आज विहान लगातार दुईपटक भूकम्प

केन्द्रभाग मिडिया

काठमाडौं ।

मुगुको कलाई केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो ।

त्यस्तै आजै बिहान ४:२८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको छ ।

 

  • ३१ भाद्र २०८३, बुधबार ०८:४९ प्रकाशित