अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (मंगलबार) अमेरिकी डलरको भाउ स्थिर रहँदा बहराइन दिनार को भाउ बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको भाउ घटेको छ ।

हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको भाउ स्थिर रहँदा युरोको भाउ घटेको थियो । पाउन्डसहित केही विदेशी मुद्राको भाउ भने हिजो बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण भएको छ । विगत तीन दिनदेखि अमेरिकी डलरको विनिमयदर यही मूल्यमा स्थिर छ ।

त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा छ । हिजो युरो १ को खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७० पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ २९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ११ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०९ रुपैयाँ १६ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ २० पैसा र बिक्रीदर ४९९ रुपैयाँ १५ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५६ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा थियो ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • ३० भाद्र २०८३, मंगलवार ०५:४६ प्रकाशित