स्याङ्जामा अचेत अवस्थामा भेटिएकी महिलाको उपचारको क्रममा ज्यान गुम्यो

केन्द्रभाग मिडिया

dead

स्याङ्जा ।
हरितालिका तीजको दिन सोमबार अचेत अवस्थामा रहेकी महिलालाई प्रहरीले उद्धार गरि अस्पताल पुर्याएकोमा उनको उपचारको क्रममा ज्यान गुमेको छ । ज्यान गुमाउनेमा कैलालीको  गोदावरी नगरपालिका वडा नम्बर ९ की ३५ वर्षीया सुशिला मगर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

स्याङ्जा प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार सोमबार दिउँसो १२ः५० बजे ती महिलालाई पुतलीबजार-१३ नयाँगाउबाट उद्धार गरेर प्रदेश अस्पताल पुतलीबजारमा उपचारका लागि भर्ना गरिएकोमा उनको उपचारको क्रममा  दिउँसो २ः१५ बजे ज्यान गुमेको हो  ।

उनी पुतलीबजार नगरपालिका-१३ नयाँगाउ स्थित बबिता नेपालीको घरगोठमा भाडामा बसि ज्याला मजदुरीको काम गर्ने गरेकी र अचेत अवस्थामा छन भन्ने स्थानियबाट सूचना प्राप्त भए पछी प्रहरीले उद्धार गरेको हो ।

ज्यान गुमाएकी सुशिलाले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको र शरिरमा बाहिरी चोटपटक नदेखिएको प्रहरी प्रवत्ता अवस्थीले बताए । उनले घटनाको सम्बन्धमा अन्य अनुसन्धान कार्य भइरहेको बताए ।

  • २९ भाद्र २०८३, सोमबार १६:४१ प्रकाशित