रुकुम पश्चिममा जिप दुर्घटना : दुई जनाको ज्यान गयो, १० जना घाइते

केन्द्रभाग मिडिया

सुर्खेत ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। सानीभेरी गाउँपालिका(६ को देउता खोलामा जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, जिप गाउँपालिकाको केन्द्र सानीभेरी ९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटना भएको थियो।

दुर्घटनामा १० जना घाइते भएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

  • २८ भाद्र २०८३, आईतवार १२:१४ प्रकाशित