पोखरा ।
आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो पनि यी सबै मुद्राको भाउ बढेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुासर आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ०२ पैसा छ । हिजो युरो १ को खरिददर १७६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३३ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९७ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ४९७ रुपैयाँ २४ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ४३ पैसा थियो ।
त्यसैगरी आज स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३७ पैसा र बिक्रीदर ११० रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४७ पैसा र बिक्रीदर १२० रुपैयाँ ९४ पैसा तोकिएको छ ।
आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
आज थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११ रुपैयाँ ४० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७२ पैसा र बिक्रीदर २३ रुपैयाँ ८१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४२ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













