दीपककुमार साह बन्दै उद्योगमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी ४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो ।

यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै मन्त्रालय खाली थियो । मन्त्री बन्ने भएपछि निर्वाचन क्षेत्रमा रहेका उनी काठमाडौँ फर्किएको बताइएको छ ।

  • २५ भाद्र २०८३, बिहीबार १६:२० प्रकाशित