काठमाडौं ।
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।
नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।नेपालले अब उपाधिका लागि यूएईसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । फाइनल जित्न सके नेपाल एसिया कपमा छनोट हुनेछ ।
सेमिफाइनल जितेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भने छनोट भएको छ ।












