पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको ज्यान गएको छ ।

प्रहरीको अनुसार आज दिउँसो १२ः५० बजे पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ चालक घाइते भएका थिए ।

घाइते चालकको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको ज्यान गएको हो ।

ज्यान गुमाउने मोटरसाइकल चालकको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

  • २४ भाद्र २०८३, बुधबार १४:५४ प्रकाशित