काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ मा जलेको घरबाट सम्बोधन गर्ने भएका छन् ।जलेको घर भक्तपुरको बालकोटबाट अध्यक्ष ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने एमाले युवा संघ नेपालका नेता निरोज पौडेलले जानकारी दिए ।
आन्दोलनका क्रममा विध्वंस फैलँदै गएपछि ओलीले भदौ २४ गते नै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । राजीनामा पछि उनी सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण भएका थिए ।












