हुम्लामा गाउँपालिका कार्यालयमा आगजनी गर्ने कर्मचारीसहित २ जना पक्राउ

केन्द्रभाग मिडिया

simbolic photo

काठमाडौं ।

हुम्लामा गाउँपालिका कार्यालयको भवनमा आगजनी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

ताँजाकोट गाउँपालिका-३ टाकुरेस्थित गाउँपालिका कार्यालयमा आगजनीमा संलग्न वडा नम्बर ४ गल्लाबाडा बस्ने ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाकै स्वास्थ्य शाखामा कार्यरत् ४५ वर्षीय धनराज ढकाललाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार गत भदौ ७ गते राति करिब १ बजे गाउँपालिका कार्यालय भवनमा आगो लगाइएको थियो ।

  • २३ भाद्र २०८३, मंगलवार १५:०३ प्रकाशित