पोखरा उद्योग वाणिज्य सङ्घ निर्वाचन : हालसम्म १२०० मत खस्यो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि अहिले मतदान जारी छ । जारी मतदानमा हालसम्म १२०० मत खसेको निर्वाचन समिति संयोजक दामु अधिकारीले जानकारी दिएका छन् ।

३६ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।

अध्यक्ष पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा छन् । अर्जुन पोखरेल, बलराम आचार्य, शोभा गौतम र उत्तममान बुद्धाचार्यबिच प्रतिस्पर्धा छ ।

आचार्य र गौतमले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् ।

बुद्धाचार्य र पोखरेल भने स्वतन्त्र रूपमा भिड्दै छन् । निर्वाचनले अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिए ।२७ सय भन्दा बढी मतदाता मतदानमा सहभागी हुँदैछन् ।

  • २१ भाद्र २०८३, आईतवार १४:४१ प्रकाशित