रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १३३१ गुम्यो

१३ हजार १०१ जनाको उद्धार, अझै पाँच हजार जना सम्पर्कविहीन

केन्द्रभाग मिडिया

काठमाडौं ।

रसुवास्थित भोटेकोशी नदीमा यही १० भदौमा गएको विनासकारी बाढीका कारण हालसम्म कम्तिमा १ हजार ३३१ जनाको ज्यान गुमेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १ हजार ३३१ जनाको शव फेलापरेको छ । अझै पाँच हजार जना सम्पर्कविहीन छन् ।

सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन् । फेलापरेका शवमध्ये रसुवामा १५६, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२२, नवलपरासीपश्चिममा २१९ तथा चितवनमा ३६० रहेका छन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्मको अद्यावधिक विवरणअनुसार करिब एक हजार ९६७ जना, नुवाकोटबाट करिब दुई हजार ३४० जना, ५८९ जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी १०० जना रहेका छन्।

बेपत्ताको सङ्ख्या ठूलो रहेकाले खोजी तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म १३ हजार १०१ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले चार हजार १६२, नेपाल प्रहरीले चार हजार ६८ तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा चार हजार ८७१ जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ । यस्तै, हालसम्म ९८ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।

बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म पाँच हजार ९२९ जनाको उपचार गरिएको प्रवक्ता महतले बताए ।

विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनाबाट तीन हजार २९७ जना र सशस्त्र प्रहरी बलबाट दुई हजार ३१६ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् ।

  • २१ भाद्र २०८३, आईतवार ०८:४२ प्रकाशित