गोरखामा नाम्रुङ खोलाको बाढीले तीन घर बगायो

केन्द्रभाग मिडिया

काठमाडौं ।

गोरखामा आएको बाढीले तीन वटा घर बगाएको छ । चुमनुम्ब्री गाउँपालिका-४ नाम्रुङ खोलामा आइतबार बिहान साढे ३ बजे आएको बाढीले तीन वटा घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिएका हुन् ।

उनका अनुसार नाम्रुङका नगु छिरिङ, उर्गिन लामा र लाक्पाभुटी लामाको घर बाढीले बगाएको हो । घटनामा मानवीय क्षति भने नभएको अध्यक्ष लामाले जानकारी दिए ।

बाढीले एउटा पुलमा पनि क्षति पुर्‍याएको उनले बताए । अहिले पानी पर्न छाडेको र खोला पनि घटेको अध्यक्ष लामाले जानकारी दिए ।

  • २१ भाद्र २०८३, आईतवार ०८:१५ प्रकाशित