जिल्ला प्रहरी कार्यालय,कास्कीले एकीकृत सेवा सञ्चालनमा ल्याएको छ । डिएनए प्रोफाईलका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा उक्त सेवा सञ्चालन गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रसुवा बाढीका कारण हराएका व्यक्तिहरुको खोजतलास, शव पहिचानका निम्ति नजिकको आफन्तबाट डिएनए प्रोफाईलिङ्को लागि निवेदन, मञ्जुरीनामा फाराम भर्ने, रगतको नमूना संकलन कार्य यस अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरेको थियो । तर रगतको नमुना कार्यलाई सहज र सरल बनाउने भन्दै कास्की प्रहरीले आजदेखि आफ्नै कार्यालय परिसरबाट सेवा सुरु गरेको जनाएको हो ।
यस सेवाबाट पिडित आफन्तले सरल रुपमा सेवा पाउन सक्ने अपेक्षा कास्की प्रहरीले गरेको छ ।













