सङ्खुवासभामा गोली प्रहार गरी शिक्षकको हत्या

केन्द्रभाग मिडिया

काठमाडौं ।

सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ । मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको सङ्खुवासभाका डीएसपी कुमार मैनालीले जानकारी दिए । उनी कालिका आधारभूत विद्यालयका शिक्षक हुन् ।

हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको डीएसपी मैनालीले जानकारी दिए । सदरमुकामबाट १० घण्टा टाढाको दुरीमा रहेको घटनास्थलमा इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली पुगेको छ । हत्यामा संलग्नबारे अनुसन्धान सुरु गरिएको डीएसपी मैनालीले बताए ।

घटना बिहीबार साँझको भएको बताइएको छ ।

  • १९ भाद्र २०८३, शुक्रबार ११:०२ प्रकाशित