कृष्णभिरको बाटो खोल्न रुख कटान सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान गर्न थालिएको छ । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ ।

रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने मन्त्रालयले जनाएको छ । सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको दाबी छ।

कृष्णभिरको सडक भासिदा यतिबेला राजधानी काठमाडौंका आपूर्ति श्रृङ्खला खलबलिएको छ । उपत्यका आवतजावत गर्नुपर्ने यात्रुले सास्ती बेहोरिरहेका छन् । यसको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव समेत बढ्न थालेको छ ।

  • १८ भाद्र २०८३, बिहीबार ११:५९ प्रकाशित