पोखरा ।
आज (बिहीबार) अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनासहित धेरैजसो विदेशी मुद्राको भाउ भने थप घटेको छ । बुधबार पनि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनासहितका मुद्राको भाउ घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा छ । हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ १३ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६२ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ २७ र बिक्रीदर ४०३ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ १७ र बिक्रीदर ४०३ रुपैयाँ ७७ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।












