पोखरा ।
पुतलीबजारका किसानलाई टनेल प्लाष्टिक वितरण सुरु भएको छ । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक र प्राविधिक सहयोगका साथै सूर्योदय क्लब स्याङ्जाको व्यवस्थापनमा संचालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल अन्तगर्त ८५ प्रतिशत अनुदानमा तरकारी खेतिका लागि टनेल प्लास्टिक वितरण कार्यक्रम सुरु भएको हो ।
पुतलीबजार नगरपालिकाका १२० किसानलाइ १२० जिएसएम को १२ मिटर लम्बाइ र ६ मिटर चौडाइको टनेल प्लाष्टीक वितरण गर्ने कार्यक्रममा रहेको छ । कोभिड प्रभावित परिवारलाइ राहत पुग्ने र तरकारीमा आत्मनिर्भर बनाउनका लागि यो अभियान सचालन गरिएको नगर प्रमुख सिमा कुमारी क्षेत्रीले बताइन् । नगर प्रमुख सिमा क्षेत्री र उप्रमुख महेश पुरी ले नगरका १ २ र ३ नम्बर वडाका किसानहरुलाइ टनेल पलाष्टिक वितरण गरेर कार्यक्रमको गरेकी हुन् ।
कार्यक्रममा नगर उप प्रमुख महेश पुरी , निमित्त प्रमुख प्रसासकिय अधिकृत बाबुराम बराल, योजना तथा अनुगमन अधिकृत तारा चन्द्र ढकाल, आर्थिक समिति संयोजक बाबुकाजी जिटी र सूर्योदय क्लबका सचिव रमेश गोदारले कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।
‘उद्यमशिलता प्रबर्द्धन गरि नगरपालिकालार्इ तरकारीबालीमा आत्मनिर्भर एक टोल एक नर्सरी एक घर एक करेसाबारी’ अभियान आइरन ट्रस टनेल निशुल्क विउविजन वितरण लगायतका कार्यक्रमहरु परियोजना अन्तरगत सञ्चालनमा रहेको सूर्योदय क्लब, स्याङ्जाका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिए ।
टनेल खेतिको प्राविधिक पक्षहरुका बारेमा कृषि अधिकृत मनिषा लामिछाने र कार्यक्रम संयोजक पुजा सापकोटाले जानकारी दिएका थिए।