एमाले र नेकपाका सांसदले १५ दिनको तलब बाढी प्रभावितलाई दिने

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सङ्घीय सांसदहरूले १५ दिनको तलब भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितहरूलाई दिने निर्णय भएको छ । सङ्घीय संसद्का सांसदहरू र स्वकीयबाट १५ दिनको तलब कटाएर प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

सङ्घ बाहेक ७ वटै प्रदेश सांसदहरू र स्थानीय जनप्रतिनिधिबाट रकम उठाएर एकमुष्ट रूपमा कोषमा जम्मा गर्ने उनले बताए । ‘बाढी प्रभावित क्षेत्रका जनतालाई राहत दिनका लागि सङ्घीय सांसद र स्वकीयबाट १५ दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ । यो बाहेक सातै प्रदेश र स्थानीय जनप्रतिनिधिबाट एकमुष्ट राहत जम्मा गर्छौँ’, दुलालले भने ।

नेकपाको सङ्घीय संसद्को दुवै सदनमा कुल ३४ जना सांसद छन् । यसअघि पार्टीले बाढी प्रभावित क्षेत्रका जनतालाई राहत दिन २५ लाख दिने निर्णय गरेको थियो । यसैबिच, एमालेका सांसदहरूले पनि १५ दिनको पारिश्रमिक कोषमा बुझाउने निर्णय गरेका छन् ।

  • १७ भाद्र २०८३, बुधबार १२:४९ प्रकाशित