नागढुंगा-नौबिसे सडक खण्ड भासियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ ।नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको छ ।

सडक विभागका इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्रै यो रुटमा चल्न दिइएको उनले बताए ।

यो रुट भएर आउने अन्य गाडीहरूलाई भने सुरुङमार्गबाट पठाउने तयारी भइरहेको उनको भनाइ छ ।सडकको वाल पुरानो भएका कारण सडक भासिएको हुन सक्ने उनले बताए ।

  • १७ भाद्र २०८३, बुधबार ११:३७ प्रकाशित