काठमाडौं ।
साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८८०० रुपैयाँले घटेको हो ।
आज सुन तोलामा २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन प्रतितोला ३०६१०० रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य १८५ रुपैयाँले घटेर प्रतितोला ४५८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।












