काठमाडौं ।
त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।
आइतबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान आएको बाढीले उक्त झोलुङ्गे पुल चुँडालेर क्षति पुर्याएको जनाएको छ ।बाढीले त्रिशूली नदीमाथि बनेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा पनि झति पुर्याएको छ ।
बाढीको तीव्रताका कारण झोलुङ्गे पुल बगाउने अवस्थामा पुगेको गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिइन् ।












