भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

चीनले नेपाललाई भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने सूचना पठाएको छ । चीनले नेपालको परराष्ट्र मन्त्रालयलाई पठाएको सूचनाबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो । यसको जानकारी दिँदै प्रधिकरणले विशेष सतर्कता अपनाउन बाढीप्रभावित क्षेत्रमा रहेका सबैलाई सचेत गराएको छ ।

‘चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार, हिजो भाद्र १० मा बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको जनाइएको छ’, बाढी पूर्वानुमान महाशाखालाई उद्धृत गर्दै प्राधिकरणले भनेको छ, ‘उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा उल्लेख छ। यस अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिनुहुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ।’

  • ११ भाद्र २०८३, बिहीबार १७:५९ प्रकाशित