रसुवा बाढी : हालसम्म २८९ जनाको शव भेटियो, सबै भन्दा धेरै शव चितवनमा फेला

केन्द्रभाग मिडिया

काठमाडौं ।

भोटेकोशी र त्रिशूली नदीमा बाँढी आउँदा ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।

बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा १२१ वटा भेटिएका छन् । यस्तै पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, नुवाकोटमा १२, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४ र रसुवामा ३ वटा शव भेटिएका छन् ।

प्राप्त विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा शव भेटिने क्रम जारी छ ।

  • ११ भाद्र २०८३, बिहीबार १६:०५ प्रकाशित