सर्वदलीय बैठक बस्दै, बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल हुने

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।
आज (बिहीबार) सर्वदलीय बैठक बस्दैछ । रसुवामा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठकको आह्वान गरेका हुन् ।

बैठक बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । बैठकमा बाढीबाट उत्पन्न परिस्थितिमा राजनीतिक दलहरूबीच आवश्यक समन्वय र आगामी कदमबारे छलफल हुनेछ । यस्तै, बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत व्यवस्थापन र पछिल्लो अवस्थाबारे छलफल हुने प्रवक्ता खरेलले जानकारी दिए ।

बढीले रसुवागढी क्षेत्रसहित विभिन्न स्थानमा जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट खोज तथा उद्धार कार्य जारी छ ।

  • ११ भाद्र २०८३, बिहीबार ०७:०४ प्रकाशित