काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने तयारी गरेका छन् । यसअनुसार आजको प्रतिनिधि सभाको बैठक सञ्चालनको व्यवस्थापन मिलाइँदैछ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।उक्त बैठकमा आकस्मिक समयमा सांसदहरूलाई विषय राख्न दिने र गृहमन्त्री गुरुङले सांसदहरूका प्रश्न र रसुवा बाढीबारे संसद्लाई जानकारी गराउने गरी बैठक राख्न लागिएको हो ।
सम्क्षिप्त बैठक राख्ने गरी छलफल चलिरहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम थियो ।
सम्भावित कार्यसूचीका विषय सबै हटाउने, विशेष समय नराख्ने र आकस्मिक समय राख्ने र रसुवा बाढीबारे गृहमन्त्रीलाई जानकारी गराउन समय दिने गरी बैठक राख्न खोजिएको छ ।











