गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरूले दिए राजीनामा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था गोविन्द बहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटन यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले राजीनामा दिएका हुन् ।

  • १० भाद्र २०८३, बुधबार १२:४२ प्रकाशित