गण्डकी सरकारबाट बाहिरिने एमालेको निर्णय

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । मंगलबार विहान बसेको संसदीय बोर्ड बैठकले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको हो ।

नेकपा एमालेका सांसद सुधिर कुमार पौडेलका अनुसार एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रदेश सरकारबाट राजिनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय संसदीय बोर्ड बैठकले गरेको छ । ‘हाम्रो पार्टीबाट सरकारमा रहनुभएका मन्त्रीहरुले आज नै राजिनामा दिनुहुन्छ । सरकारलाई दिएको समर्थन आजै फिर्ता हुन्छ’ उनले भने ।

एमालेबाट गण्डकीमा गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, भीम कार्की कृषि र लक्ष्मण बहादुर पाण्डे स्वास्थ्य मन्त्री छन् ।

एमालेले सरकारलाई दिएको समर्थ फिर्ता लिँदा समेत सुरेन्द्र पाण्डेले नेतृत्व गरेको कांग्रेस सरकार अल्पमतमा पर्ने छैन । ६० सदस्यीय गण्डकी प्रदेश सभामा मनाङबाट निर्वाचित सांसद राजिव गुरुङ निलम्वित रहेकाले अहिले ५९ सदस्यीय बनेको छ । जसमा कांग्रेसका २७, एमालेको २२, नेकपाको ७, राप्रपाको २ र तत्कालीन माओवादीको चुनाव चिह्नबाट जितेका प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) सांसद फडिन्द्र देवकोटा छन् ।

मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २ र प्रलोपाका एक सांसदले समर्थन रहेकाले बहुमत पुग्नेछ । जसलाई भत्काउन एमाले–नेकपा गठबन्धनले राप्रपालाई विश्वासमा लिनुपर्ने हुन्छ । राप्रपालाई विश्वासमा लिने र नयाँ सरकार बनाउने विषयमा अग्रसरता लिन एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई जिम्मेवारी दिइएको एमाले सांसद गणेशमान गुरुङ बताउँछन् । ‘नयाँ सरकार नबन्ला नै भन्ने त छैन । सम्भावनाहरु जिवितै छन् । यसकालागि पहल गर्न यस अगाडि नै संसदीय दलको नेतालाई सबै जिम्मेवारी दिइसकिएको छ’ सांदद गुरुङले भने । स

त्ता गठबन्धन फेर्न गण्डकीमा एमालेले राप्रपालाई अनौपचारिक रुपमा प्रस्ताव गरिसकेको छ । तर, राप्रपा यस विषयमा मौन बसेको छ ।

  • ९ भाद्र २०८३, मंगलवार १०:१३ प्रकाशित