पोखरा आउँदै प्रधानमन्त्री बालेन : पोखराको अन्नपूर्ण रिसोर्ट बुक

केन्द्रभाग मिडिया

पोखरा।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सडक मार्ग हुँदै पोखरातर्फ आएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक बालेन पोखरा आउने भएका हुन् ।उनी पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

उनी सवार गाडी आज बिहान धादिङको पृथ्वी राजमार्ग खण्डमा केहीबेर रोकिएको थियो । त्यहाँबाट उनी पुनस् पोखरातर्फ आइरहेको सुरक्षा स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एक अधिकृतले प्रधानमन्त्रीसहितको टोली केहीबेर पृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डमा रोकिएको तर थप केही थाहा नभएको बताए ।

प्रधानमन्त्री बालेन बस्नका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेज बुक भइसकेको छ । तर सुरक्षा सयंन्त्रले भने अहिलेसम्म पनि बेखबर भएको बताइरहेका छन् ।

स्रोतका अनुसार अन्नपूर्ण इको भिलेजका सबै कोठा बुक गरिएको छ । प्रधानमन्त्री बालेनको बसाइका लागि काठमाडौंबाटै सुरक्षा जाँच र प्रबन्ध मिलाउनका निम्ति टोली अस्ताममा रहेको रिसोर्ट स्रोतको भनाइ छ ।

प्रधानमन्त्री मुस्ताङ भ्रमणमा जाने बिहीबार सार्वजनिक भएको थियो ।तर, मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले आफूले पनि मिडियामार्फत जानकारी पाएको बताइन् ।

  • ५ भाद्र २०८३, शुक्रबार ११:२५ प्रकाशित