पोखरा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पाँच फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
स्याङ्जा जिल्ला अदालतबाट विभिन्न कसूरमा जरिवाना तोकिई फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा आज प्रहरीले ५ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सम्बन्ध विच्छेद कसूरका २ जना, डाँका चोरी कसूरका १ जना, कुटपिट कसूरका १ जना र अवैध विदेशी विनिमय कारोवार गर्ने १ जना रहेको प्रहरीले जनाएको छ ।












