कोशीमा कांग्रेसले समर्थन फिर्ता लियो

केन्द्रभाग मिडिया

विराटनगर ।

कोशी प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले समर्थ फिर्ता लिएको हो ।

बैठक जारी रहे पनि विपक्षी बेन्चमा बस्ने गरी पत्र पठाएको प्रदेशसभा सचिव सुदर्शन खडकाले बताए । कोशीमा कांग्रेसका २९ सांसद छन् ।

मुख्यमन्त्री हिकमतकुमार कार्कीले विश्वासको मत लिन आग्रह गरे पनि कांग्रेसले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

  • ३ भाद्र २०८३, बुधबार १४:१६ प्रकाशित