काठमाडौं ।
नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ।
पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूह अदालत जाने तयारी गरेको हो।सर्वोच्चमा मुद्दा विचाराधीन भएको अवस्थामा महाधिवेशन प्रक्रिया अगाडि बढाउन नमिल्ने नेता मीन विश्वकर्माले बताए।
उनले भने, ‘उहाँहरूले हिजो कार्यतालिका सार्वजनिक गर्नुभएको छ। रोक्न माग गर्दै हामी अदालत जाने तयारी गरेका छौँ। साथीहरूले त्यसका लागि काम गरिराख्नुभएको छ।’
सम्भव: भएसम्म आजै जानसक्ने उनले बताए। उनले थपे, ‘आजै पनि हुनसक्छ, नभए एक दुई दिनमा हुनपनि सक्छ।’












