अब दुध किसानले २५ दिनभित्रै भुक्तानी पाउने

केन्द्रभाग मिडिया

काठमाडौं।

अब दुध किसानले २५ दिनभित्रै भुक्तानी पाउने भएका छन् । कृषि तथा वन पर्यावरणमन्त्री गीता चौधरीले भदौ अन्तिम सातादेखि दुध किसानको भुक्तानी अवधिलाई २५ दिनमा झार्ने तयारी गरेको जानकारी दिइन् ।

मङ्गलबारको प्रतिनिधि सभा बैठकमा सांसद निष्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले ८ महिनासम्म भुक्तानी नपाउने अवस्थालाई अहिले ३ महिनामा झारेको दाबी गरिन् ।

उनले विगत ३ महिनाको अवधिमा किसानलाई ६० करोड रुपैयाँ भुक्तानी गरेको बताइन् । भदौ १ गतेसम्म २३६ सहकारी संस्थाहरूलाई ३५ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी रहेको उनको भनाइ छ ।

हाल दुग्ध विकास संस्थान ९डीडीसी० सँग १५० मेट्रिकटन दुध पाउडर, १२० मेट्रिकटन नौनी मौज्दातमा रहेको छ । खाडी मुलुक र चीनमा घ्यु निर्यातका लागि तयारी समेत गरिएको मन्त्री चौधरीले जानकारी दिइन् ।

  • २ भाद्र २०८३, मंगलवार १६:०७ प्रकाशित