रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

केन्द्रभाग मिडिया

रोल्पा ।

सुनछहरी गाउँपालिका २ फलबाङमा घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । आज बिहान ८: १० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको छ ।

पुरिएको घरमा वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर राति बास बसेको र हाल तीनै जना पहिरोमा परी बेपत्ता भएका छन् ।

यस्तै, सुनछहरी गाउँपालिका–२ गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ । घटनाको थप विस्तृत विवरण आउन बाँकी छ ।

  • २९ श्रावण २०८३, शुक्रबार १२:३२ प्रकाशित