कांग्रेस सभापति थापा र डा शेखर कोइरालाबिच भेट

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच मंगलबार बिहान भेटवार्ता भएको छ।

डा। कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको बताइएको छ।

मंगलबार बिहान पौने १० बजे सुरु भएको भेटघाट सवा १० बजेसम्म चलेको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

पार्टीभित्र पछिल्लो समय देखिएका सांगठनिक र नीतिगत विवादहरूलाई कसरी सुल्झाउने भन्ने विषयमा दुई नेताबिच छलफल भए पनि कुनै सहमति भने नभएको बताइएको छ । दुवै पक्षले आ–आफ्ना कुरा राखेको तर सहमति नबनेको थपलियाले जानकारी दिए ।

नेपाली कांग्रेसभित्र वैधानिकता र नेतृत्वको विषयलाई लिएर कानुनी र राजनीतिक बहस भइरहेका बेला सभापति थापा र नेता डा। कोइरालाबिच भेट भएको हो ।

  • २६ श्रावण २०८३, मंगलवार १७:०३ प्रकाशित