एम्बुलेन्स र शव वाहनमा लाग्ने कर पूर्ण रूपमा छुट

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट गर्ने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

  • २६ श्रावण २०८३, मंगलवार १६:५३ प्रकाशित