गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हेटौंडा आसपासका गन्तव्यको भ्रमण

केन्द्रभाग मिडिया

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज बागमती प्रदेशको राजधानी हेटौंडा आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गरेका छन् ।

उनी बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको औपचारिक निमन्त्रणमा हेटौंडा पुगेका हुन् । प्रदेश प्रमुख भट्टलाई बागमती प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशको राजधानीस्थित हेटौँडा सहिद स्मारक, भैरवडाँडास्थित पाथीभरा मन्दिर, मकवानपुरगढीस्थित ऐतिहासिक मकवानपुरगढी दरबारलगायतका क्षेत्रको स्थलगत अवलोकन गराएका थिए । उनीहरूबीच दुई प्रदेशबीचको सम्बन्ध सुदृढ बनाउँदै विकास, अनुभव आदान–प्रदान र सहकार्य प्रदेशका गतिविधि, उपलब्धि र चुनौतीबारे छलफल भएको थियो ।

दुवै प्रदेशले सफल अभ्यासको अनुसरण गर्ने, प्रदेश कार्यालयका कार्यप्रणाली तथा प्रशासनिक अनुभव साटासाट गर्ने तथा विविधि विषयमा थप छलफल भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । रासस

 

  • २६ श्रावण २०८३, मंगलवार १६:१४ प्रकाशित