डा.शेखर कोइराला संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् ।

राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएकाले डा. कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताका लागि आह्वान गर्ने उनले बताए ।

इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि भदौ १ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ । भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ । त्यसका लागि उनी साउन २८ गते स्वदेश फर्किदैछन् ।

यसअघि भेलाको संयोजन गरिरहेका डा। शशांकले भेलाप्रति डा। शेखरको पनि सहमति रहेको बताएका थिए ।

  • २६ श्रावण २०८३, मंगलवार १५:३६ प्रकाशित