काठमाडौं ।
मंगलबार सेयर बजार अघिल्लो दिनकै अंक २६४१ मा थामिएको छ । अघिल्ला तीन दिन लगातार घटेको बजार आज ०.७९ अंक धनात्मक रह्यो । नेप्से परिसूचक २६४१.८५ अंकमा कायम भएको छ ।
कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ११ करोडको भयो । १३३ कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो भने २० को स्थिर रह्यो ।













