सभामुखले प्रधानमन्त्रीलाई भेटेर भने, ‘संसदमा आएर जवाफ दिनुस्’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबिच मंगलबार दिउँसो भेटवार्ता भएको छ ।उनीहरूबीच संघीय संसदको चालू अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो भएको भेटवार्तामा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदहरुले राखेका प्रश्नको जवाफ दिन आग्रह गरेका छन् ।

‘संसदमा प्रधानमन्त्रीको खोजी भइरहेको छ । कसमेसकम सदनमा उपस्थित भएर जवाफ दिनुस् भनेर सभामुखले आग्रह गर्नुभयो’, स्रोतले भन्यो ।
तर, प्रधानमन्त्री शाहले ठोस जवाफ नदिएको बुझिएको छ । प्रतिपक्ष दलहरुले लगातार संसदमा प्रधानमन्त्रीको खाजी गरिरहेका छन् । तर, प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर जवाफ दिन चाहिरहेका छैनन् ।

मंगलबार मात्रै पनि प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद भरतबहादुर श्वारले प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनबाट पछि हटेको बताएका थिए ।

  • २६ श्रावण २०८३, मंगलवार १४:२२ प्रकाशित