काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटघाट गर्ने भएका छन् । सामूहिक रूपमा एक पटक सबैसँग भेट गरिसकेका उनले अब भने एक्लाएक्लै भेटघाट गर्न थालेका हुन् ।
यसअघि प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट गर्न अस्वीकार गर्दै आएका थिए । सोमबारदेखि उनले विभिन्न देशका राजदूतसँग छुट्टाछुट्टै भेटघाट गर्दै छन् । सुरुवातमा भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटघाट हुने भएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान भारतीय राजदूत श्रीवास्तवसँग भेटघाट गरेपछि प्रधानमन्त्री बालेनले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने र त्यसपछि अमेरिकालगायतका राजदूतहरूसँग भेट्ने योजना छ ।













