काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन भएको छ । यसअघि २६ साउनको राति काठमाडौं आउने भनिएका देउवा अब २८ साउनको दिउँसो १२ः३० बजे नेपाल आइपुग्ने भएका हुन् ।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा थाई एयरको उडानबाट काठमाडौं अवतरण गर्नेछन् । रातिको समयमा स्वागत गर्न असहज हुने भएपछि समय परिवर्तन गरिएको ।
काठमाडौंको वसुन्धारामा शनिबार नुवाकोट १ का अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन डा. महतले पूर्वसभापति देउवाको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन समेत नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
सिंगापुर र हङकङमा उपचार गराइरहेका देउवाले २९ साउन देखि काठमाडौंमा हुने कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने तयारी छ ।












