काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र शक्ति नै राजनीतिको लक्ष्य नभएको बताएका छन् । श्यामबहादुर कार्कीको १९औं स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पद प्राप्त गर्नु वा चुनाव जित्नु मात्रै राजनीतिक सफलताको मानक नभएको उल्लेख गरे । उनले भने,‘‘सत्ता र शक्ति प्राइमरी होइन, फाइनल पनि होइन । यो केवल साधन र माध्यम मात्रै हो ।’
यस क्रममा उनले पदभन्दा प्रतिष्ठा र विश्वास ठुलो हुने भन्दै सन्त नेता कृष्णप्रसाद भट्टराईको भनाइ सुनाए । ‘पद भूतपूर्व हुन्छ। तर, विश्वासबाट आर्जन गरेको सन्त भन्ने कुरा कहिल्यै भूतपूर्व हुँदैन’, थापाले भने ।
श्यामबहादुर कार्की जस्ता व्यक्तिले पदमा नरहेर पनि कमाएको प्रतिष्ठा नै वास्तविक सफलता भएको तर्क उनले गरे ।













