काठमाडौं ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलालाई कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् ।
कांग्रेस इतर समूहले शुक्रबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डा.शशाङ्क कोइरालाले साउन २९ गतेबाट काठमाडौँमा सुरु हुने राष्ट्रिय भेलालाई तत्कालीन सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा नेता कोइरालाले राष्ट्रसामु रहेका चुनौतीको सामना गर्न कांग्रेसका सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध गराउनु भेलको मुख्य उद्देश्य रहेको समेत दाबी गरे । ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ दिशासहित नयाँ जीवन दिने दृढ सङ्कल्प गर्दछु’, कोइरालाको भनाइ छ ।
‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ दिशासहित नयाँ जीवन दिने दृढ सङ्कल्प गर्दछु’, कोइरालाको भनाइ छ ।
नेता कोइरालाले सर्वोच्च अदालतले कांग्रेसबारे दिएको आदेश सकारात्मक रहेको बताए ।













