आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक सर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौं।

सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको छ । आजका लागि तय गरिएको बैठक सर्न पुगेको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार, साउन २२ गते शुक्रबार अपराह्न १:१५ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अब साउन २७ गते बुधबार अपराह्न १:१५ बजे बस्नेछ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३)बमोजिम अध्यक्षले बैठकको नयाँ मिति र समय तोकेको सूचनामा उल्लेख छ ।

  • २२ श्रावण २०८३, शुक्रबार १०:५९ प्रकाशित